पदभार लगतै मेयर भट्टले सुप समावेसी विद्यालय पुगेर अपाङ्गता भएका विद्यार्थी अध्ययनबारे अवलोकन

कैलाली ! पदभार ग्रहण गरे लगतै पहिलो प्राथमिकता दिने भनेको शिक्षा क्षेत्रका समस्या सुन्न गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट सुदूरपश्चिम समावेशी विद्यालयमा पुगेका छन ।

शुक्रबार पदभार ग्रहण गरे लगतै मेयर साउँदले सुदूपश्चिमको एक मात्रै अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको अवलोकन संग छलफल गरेका हुन ।

विद्यालयको अवलोकन र छलफल पश्चात मेयर भट्टले विद्यालयका समस्या बारेमा आगामी दिनमा वितृत रुपमा छलफल गरेर अगाडी बढ्ने बताएका थिए । छलफल कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयका समस्याका बारेमा मेयर भट्टलाई जानकारी गराएको थिए ।

हाल सो विद्यालयमा कक्षा ७ सम्म अध्ययन हुँदै आएको छ । उक्त विद्यालयमा सुदूरुपश्चिमका ९ जिल्ला सहित हुम्ला र मुगुका गरी अपाङ्गता भएका ६० जना विद्यार्थी अध्ययनरत रहेको छन । उनीहरु सबै आवासीय सुविधा सहित अध्ययन गर्ने विद्यालयका संस्थापक अध्यक्ष साउँदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *