कैलालीको गोदावरी नगरपालिकाको मेयरका लागि ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस

अत्तरिया –गोदावरी नगरपालिकाको मेयरमा तीन जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले जिल्ला कमिटी कैलालीले ३ जनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।

नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट,हालका मेयर एबम प्रदेश कमिटी सदस्य हरि सिं साउँद र प्रदेश कमिटी सदस्य मान बहादुर रावलको नाम सिफारिस भएको एमाले कैलाली स्रोतले बताएको छ । अब मेयरको टुङो भने प्रदेश समिटीले लगाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *