काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरिएको हो ।
कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको सचिव सुशान वैद्यले बाह्रखरीलाई जानकारी दिए ।
सिफारिस गरिएकाहरूमा नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गीको नाम छ । यस्तै, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह तथा नेता प्रगतिमान रञ्जितको नाम पनि सिफारिस गरिएको सचिव वैद्यले जानकारी दिए ।
महानगर समितिले उपप्रमुख पदमा पनि नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल