धनगढी उपमहानगरपालिकाको मेयरमा एमाले जिल्लाबाट तीन जनाको नाम सिफारिस

धनगढी- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) बाट तीन जनाको नाम सिफारिस भएको छ।

नगर कमिटीले जिल्लालाई सिफारिस गरेकोमा जिल्लाले प्रदेश कमिटीलाई तीन जनाको नाम सिफारिस गरेको हो। यद्यपि उपमहानगर को उम्मेदवार भने केन्द्र ले चयन गर्ने छ ।
एमाले कैलालीका स्रोतका अनुसार रणबहादुर चन्द , दुर्गा जोशी र जीवन बमको नाम सिफारिस भएको हो।
रण बहादुर चन्द एमालेका पूर्वजिल्ला उपाध्यक्ष एवं हाल केन्द्रिय निर्वाचन कमिटी सदस्य हुन् भने दुर्गा जोशी हाल एमाले कैलाली उपाध्यक्ष एवं गत निर्वाचनमा मेयरमा पराजित उम्मेदवार हुन्। यस्तै जीवन बम एमाले प्रदेश कमिटी सदस्य हुन्। मेयरका लागि अन्य केहिले आकांक्षा राखेपनि उमिहरुको नाम जिल्लाले काटेर ३ जनाको नाम मात्र प्रदेश कमिटीमा सिफारिस गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *