एमालेले काठमाडौंको मेयरको लागि केशव स्थापित देखि बिध्यासुन्दर शाक्यसम्मको नाम सिफारिस

काठमाडौं ! एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको एमालेका एक नेताले सभ्यखबरलाई बताउनु भयो ।

उहाँका अनुसार मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै  निर्मल देउला र इन्दिरा पन्त रहनु भएको छ । सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्ने छ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *