मेयरको टिकट पाए संघिय सांसद त्याग्ने नेतृ गिरीको घोषणा

काठमाडौं! नेकपा एमालेकी सांसद एवं मधेश प्रदेशकी लोकप्रिय नेतृ सरिता गिरी यादवले मेयरका लागि संघीय सांसद नै त्याग्ने घोषणा गर्नुभएको छ ।
गिरीले सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा दाबी प्रस्तुत गर्दै पार्टीले टिकट दिए सांसद त्याग्ने घोषणा गर्नुभएको छ ।
२०७३ सालको स्थानीय तह निर्वाचनमा गिरी उपमेयरमा प्रस्तावित हुनुभएको थियो । तर, पार्टीले आशरादेवी चौधरीलाई टिकट दिएको थियो ।

गिरीले कञ्चनरुप नगरपालिका कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएकाले दोस्रो सौराहा बनाउने बताउनुभयो ।
मेयरमा हालका प्रमुख मिश्रसहित १० जना आकांक्षी छन् ।

सरकारले बैशाख ३० लाई स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ। उक्त मिति नजिकिदै गर्दा दलहरु उम्मेदवार छान्नलाई व्यस्त देखिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *