गठबन्धन जोगाउने भन्दै भरतपुरमा मेयर माओवादीलाई दिन देउवा तयार

काठमाडौँ! प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार हुनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार हुनुभएको हो ।

उता चितवन काङ्ग्रेसले भने यो पटक मेयरमा टिकट काङ्ग्रेसले पाउनु पर्ने भन्दै पार्टी सभापति देउवालाई ध्यानाकर्षण गराइसकेको छ। सभापति एवं प्रधानमन्त्री देउवाको यो निर्णयले चितवन काङ्ग्रेसलाई केन्द्रको निर्णय मान्न बाध्य पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *