एमालेबाट नेपालगञ्जको मेयरमा पशुपति दयाल मिश्र सिफारिस

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *