माओवादी छाडेर एमाले प्रवेश गरेका रंगेलीका मेयर बगडीयालाई एमाले बनायो मेयरको उम्मेदवार

विराटनगर । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए । केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो ।

२०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *