एमालेकी चर्चित नेतृ कमला बोहरा बेलौरी नगरपालिकाको मेयर पदका लागि नगरबाट सिफारिस

कंचनपुर ! नेकपा एमालेको बेलौरी नगरपालिकाको मेयर पदका लागि एमाले केन्द्रिय कमिटी सदस्य कमला बोहराको नाम सिफारिस गरिएको छ । बैलौरी नगर कमिटीको बैठकले मेयर पदका लागि उहाँको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।

उहाँसँगै अन्य आठ जनाको नाम सिफारिस गरिएको छ । जसमा एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्जसमेत रहनुभएकी बोहरा, जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, करमशाही राना, टेकबहादुर साउँद, राधाकृष्ण जोशी (ज्वाला), रामबहादुर स्वर्णकार, चित्रा चौधरी र हिरासिंह बिष्टको नाम सिफारिस गरिएको छ ।

नेतृ बोहरा राजनैतिक रुपमा जत्तिकै सामाजिक रुपमा पनि त्यत्तिकै परिचित नाम हो। नगरबासीका सुखदुःखमा सजिलै सामेल हुने उहाँ अन्य आकांक्षी भन्दा लोकप्रिय मानिनु हुन्छ। उहाँको नाम सिफारिससँगै विपक्षी गठबन्धनपनि दबाबमा परेको बुझिन्छ। बोहरा लोकप्रिय एवं क्षमतावान नेतृ रहेकोले सम्भवत: उहाँले नै मेयरको उम्मेदवारको टिकट पाउने प्रवल सम्भावना रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *