भरतपुरको मेयर बन्न कांग्रेसका २५ जनाले दिए निवेदन : यस्तो छ उनिहरुको सूची

काठमाडौं ! चितवनको भरतपुर महानगर पालिकाको मेयर बन्न नेपाली कांग्रेसबाट २५ जनाले आकांक्षा देखिएका छन् ।

आइतबार १३ र सोमबार १२ गरी २५ जनाले मेयरमा औपचारिक दाबी गरेका हुन् ।

मेयर दाबी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यदेखि बागमती प्रदेशका मन्त्रीसमेत रहेका छन् ।

कांग्रेसको भरतपुर महानगर समितिले हिजो र आज २ दिन महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरेको थियो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ ।                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *