अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उनी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरको मेयर उठ्ने भएका हुन् ।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *