गोदावरी नगरपालिका: नगर प्रमुख हरि सिंह साउँदद्वारा १४२ जना शिक्षकलाई सम्मान पत्र प्रदान

कैलाली! गोदावरी नगरपालिकाले सामुदायिक बिद्यालयहरुका १४२ जना शिक्षकलाई सम्मान पत्र प्रदान गरेको छ । उहाँहरुलाई आफ्नै नगरपालिका भित्र रहेर शिक्षामा योगदान गरेको हुनाले नगर शिक्षकको रुपमा सम्मान गरेको हो ।

आज एक कार्यक्रमका बिच उहाँहरुलाई गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले सम्मान गर्नुभएको हो । विगतमा पनि नगरपालिकाले सामुदायिक बिद्यालयका शिक्षकहरुलाई विभिन्न विधाहरुमा प्रोत्साहन एवं सम्मान गर्दै आएको थियो। नगरपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्न यस् किसिमका प्रोत्साहनहरु गरेकै कारण गोदावरी नगरपालिका भित्र सामुदायिक बिद्यालयहरु स्तरिय देखिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *