गोदावरी नगरपालिकाको तयार भयो आफ्नै प्रशासनिक भवन : मेयर साउँदले गर्नुभयो उद्घाटन

कैलाली! गोदावरी नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले उदघाटन गर्नुभएको हो ।

गोदावरी २ तेघरीमा रहेको आफ्नै जग्गामा नगरपालिकाले एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण गरेको थियो ।
नगरपालिकाको भवन निर्माणका लागि एम/एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता भएको थियो ।
उक्त कम्पनी संग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भबन निर्माणलाई अन्तिम रुप दिन केही समय लाग्नेछ। भवनका मुल संरचनाहरु निर्माण भैसकेका छन् ।

विगतमा भाडाको भवनमा रहेर नगरपालिकाका कामकारबाही गर्दै आएको नगरपालिकाले उक्त भवनको निर्माणपछि आफ्नै संरचनामा आफ्ना काम कारवाही गर्नेछ।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *