मेयर तपेन्द्र रावलद्रारा टीकापुर-१ मा कबर्ड हलको शिलान्यास सम्पन्न

कैलाली ! टीकापुर नगरपालिका-१ मा टीकापुर नगरविकास समितीको ५५ करोड बढीको लागतमा कवर्ड हलको शिलान्यास गरिएको छ।

आज सोमबार बिहान टीकापुर नगरपालिकाका नगर प्रमुख तथा नगरविकास समितिका अध्यक्ष तपेन्द्र रावलद्वारा कुल ५ करोड ५४ लाख ७२ हजार २८ रुपिया ५२ पैसाको कुल लागतमा १० हजार वर्गफिट क्षेत्रफलमा रहेको टीकापुर सिटी हल अगाडिपट्टी नगर विकासको आफ्नै स्वामित्वमा रहेको ८ कठ्ठा जग्गामा कवर्ड हलको शिलान्यास गर्नुभएको छ।

शिलान्यास पछि नगर प्रमुख रावलले भन्नुभयो-`लामो समय देखि खेल प्रेमी नगरवासी हरुको महत्त्वपूर्ण मागको रुपमा रहेको कवर्ड हल व्यवस्थित रुपमा डिपिआर तयार गरेर लैजानु पर्छ भन्ने प्लानकासाथ ८ कट्ठा जग्गामा आज एकादशीको शुभ दिन पारेर शिलान्यास गरेका हौ। नगर विकास समितिले यो आर्थिक बर्षमा २ करोड मात्र बजेट रहेको र लगत्तै डिपिआर तयार गरेर काम सुरु गर्ने भएपनि योजनामा थप स्रोत आवस्यक पर्ने भएकोले बहुउदेश्य योजनामा राखिएको हो साथै यसको कार्य सम्पन्नता करिब डेढ २ बर्षमा गर्ने र थप स्रोतको खोजी भैरहेको पनि जानकारी गराउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *