गौरीगंगा नगरपालिकाका नगरप्रमुख भिम बहादुर देउवा सम्मानित

कैलाली  : कैलालीको गौरीगंगा नगरपालिकाका नगरप्रमुख भिम बहादुर देउवा सम्मानित भएका छन । शुक्रबार धनगढीमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा नगरप्रमुख देउवा सम्मानित भएका हुन ।

नगरप्रमुख देउवाले गौरीगंगा नगरपालिकामा स्वास्थ्य क्षेत्रमा सुदुरपश्चिमका पालिकामध्ये उत्कृष्ठ कार्य गरेकोमा सम्मानित गरिएको बताईएको छ । प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्वमन्त्री योगेश भट्टराईले देउवालार्ई सम्मानपत्र प्रदान गरेका थिए ।

गौरीगंगामा नगरप्रमुख देउवाले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरु :

१. नेपालमै पहिलो पटक स्वास्थ्य महोत्सव
२. कोभिड–१९ को लहरमा वडा स्तरमा क्वारेन्टाइनको ब्यवस्था
३. पचास शैया बेडको कोरोना अस्पताल, प्रयाप्त अक्सिजन र चौबीसै घन्टा एम्बुलेन्सको व्यवस्था
४.एक वडा एक स्वस्थ्य चौकी
५. प्रत्येक वडामा गाउँ घर खोप किल्नीक स्थापना
६.आँखा उपचार केन्द्र स्थापना
७.डेन्टल चेक जाँच केन्द्र स्थापना
८.गर्वपति महिलाहरुलाइ नि–शुल्क एम्बुलेन्सको व्यवस्था
९. महिलासंग उप–प्रमुख कार्यक्रम
१०. प्रत्येक वडामा स्वास्थ्य सुरक्षा कोष स्थापना
११. जेष्ठ नागरिकहरुलाइ निःशुल्क चस्मा
१२. अपांगहरुलाइ निःशुल्क हवील चियर
१३. गर्वपती महिलाहरुलाइ निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम
१४.पुर्ण खोप घोषणा
१५. स्वास्थ्य स्वयंमसेविकाहरुलाइ साइकल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *