गौरिगंगा नगरपालिकाका नगरप्रमुख भिम बहादुर देउवा सम्मानित

कैलाली ! गौरिगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवालाइ नगरपालिकाका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठकमा सम्मान गरिएको छ ।

पालिकाका सामुदायिक बिद्यालयहरुमा सबैभन्दा मुख्य समस्या रहेको निजि श्रोत शिक्षकको ब्यवस्थापन ,बिधालयहरुको भौतिक बिकास ,नगरशिक्षकको ब्यवस्थापन तथा शिक्षा क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै नगरप्रमुख देउवालाइ सम्मान गरेको हो ।

नगरपालिकामा रहेका बिद्यालयहरुका प्रधानाध्यापक संयोजक केशबराज भट्टले नगर प्रमुख देउवाको शिक्षा क्षेत्रको भौतिक तथा मानविय विकासमा देखिएको लगनशीलता उदाहरणिय भएको बताउनुभयो । नगर शिक्षक नियुक्ति गरि बिद्यालयमा शिक्षकको अभाब हटाउनु प्रमुख चुनौतीका बाबजुत कार्य सम्पन्न गर्न सकेकोमा आफैलाइ सन्तुष्टि मिलेको र यी कार्य लगायत नगरको शिक्षा क्षेत्रमा गरेको कामको मूल्याकंन गरिदिएकोमा नगरका प्रधानाध्यापक ज्युहरुको टिम प्रती नगर प्रमुख देउवाले आभार प्रकट गर्नुभयो ।

शिक्षक बर्गलाइ आफ्नो नियुक्ति तलब तथा बिद्यालयको भौतिक,सामाजिक कुनैपनि किसिमको तनाब हुनु समग्र शिक्षा प्रणालिलाइ नै असर पुग्ने कार्य भएको बताउदै शिक्षाका कुनैपनि समस्या भए सोझै आफुकहा आउनपनि नगरप्रमुख देउवाले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *