काठमाडौंका जनता मेरो कामसँग सन्तुष्ट छन् : मेयर शाक्य

काठमाडौँ — काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् । आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए ।

केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ । विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन, कन्टेनमा ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठूलो हो कि जस्तो लागेको हो’ उनले भने । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *