धनगढीको मेयरमा गोपाल हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार धनगढीमा आयोजित घोषणा सभामा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा हमालले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए।

‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्न,’ घोषणा सभामा हमालले भने, ‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दैन। मेयरले पाउने कुनै लाभ लिदैन। निस्वार्थ रुपमा काम गर्छु।’ उनले अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवत्तिमा कायम गरेर देखाउने घोषणा गरे।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमालले अन्तिम पटक उम्मेदवारी दिएको बताउदै भने, ‘मलाई जे दिएको हो, यही धनगढी र सुदूरपश्चिमले दिएको हो। अब यो माटोको सम्मान गर्दै मैले पाँच वर्ष धनगढीलाई निस्वार्थ सेवा दिने योजना बनाएको छु्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *