पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौंको मेयरमा उठ्छु : मेयर शाक्य

काठमाडौँ ! काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताउनु भएको छ ।

काठमाडौं महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताउनु भएको हो । उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *