मेलम्चीको पानी काठमाडौं पठाइयो

काठमाडौं ! मेलम्ची नदीको पानी मंगलबार सुरुङबाट काठमाडौंतर्फ पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन मंगलबार सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *