काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज (शुक्रवार) संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले बुधवार बोलाएको बैठक पूर्वतयारी नभएको कारण देखाएर शुक्रवारलाई सारेका थिए । संवैधानिक परिषद्को बैठक बोलाउनेबारे बिहीबार बालुवाटारमा ओलीले पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल गरेका थिए । परिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका हुन् ।