सहकारी ठगी विषयमा छानबिन गर्न गठित संसदिय समितिको बैठक जारी

काठमाडौं- सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदिय समितिको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बैठकमा हिजो गठन गरिएको संसदिय समितिको कार्यादेश टीओआर टुंगो लगाउनेछ ।

समितिको संयोजन सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नुहुनेछ भने कांग्रेसको तर्फबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल समितिमा रहेका छन् ।

संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधिसहित अहिले बिहान बस्ने बैठकले टुंगो लगाउनेछ । समिति बन्ने भएसँगै आजको प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।