राष्ट्रियसभाकाे अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

काठमाडाै‌ – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे छ ।

पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयाे ।

“यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रियसभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरिरहेका छन् ।