राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

काठमाडौं !  राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेशका मूख्यमन्त्री, मूख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति रहेको छ।

बैठकको सुरुमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *