राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबिच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *