सुन तस्करी प्रकरणबारे मस्यौदा समितिले तयार पार्‍यो ड्राफ्ट, शीर्ष नेताको बैठकले आज अन्तिम रूप दिने

काठमाडौं ! सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनका लागि गठित मस्यौदा समितिले ड्राफ्ट तयार पारेको छ । उक्त ड्राफ्टलाई आज बस्ने शीर्ष नेताको बैठकले अन्तिम रूप दिने एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले लगातार संसदमा आवाज उठाउँदै आएको छ । संसदको अवरोध खुलाउन सोमबार बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

त्यसका लागि सोमबारै तीन सदस्यीय मस्यौदा समिति गठन भएको थियो । मस्यौदा समितिमा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य छन् ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । समिति गठन भएपछि पनि सीआईबीको अनुसन्धान प्रभावित नगर्ने दलहरूको सहमति छ ।

दलहरू जाँचबुझ आयोग ऐन २०२६ अनुसार सुनकाकाण्डसहितका विषयलाई हेर्न उच्चस्तरीय आयोग बनाउन सहमतिनजिक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *