राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान : संविधान विपरीत सक्रियता भन्दै एमालेले गर्‍यो बहिस्कार

काठमाडौं ! राष्ट्रपति निवास शितल निवासमा सर्वदलीय बैठक जारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले  संसदमा सहभागी सबै दलका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन्।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ। राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै एमाले असन्तुष्ट भएको बताईएको छ। संविधान अनुरुप दलहरुसँग विशेष एजेन्डामा छलफल र समन्वय गर्ने जिम्मा सरकारको हो तर सेरेमोनियल राष्ट्रपतिले आफ्नो जिम्मेवारी विपरीत दलहरुसँग बैठक राखेकोले एमाले असन्तुष्ट बनेको हो। सुनकान्डमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडानमा रहेको एमालेले सरकारले उक्त कार्य गर्न तत्पर रहेकोले उक्त छलफलको औचित्य नभएको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो साँझ आह्वान गरेको सर्वदलीय बैठकबाट सरकारले सुनकान्डमा उच्चस्तरीय छानबिन बनाउन सहमत भएको छ। उच्चस्तरीय छानबिन समिति बन्ने भएपछि केही दिनबाट अवरुद्ध  सदनको अवरोधपनि आजबाट हट्ने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *