सदन खुलाउने उद्देश्यले आजपनि सर्वदलीय बैठक बस्दै

काठमाडौं ! सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न सोमबार पनि सर्वदलीय बैठक बस्ने भएकाे छ।

आइतबार बसेको बैठकबाट विभिन्न विकल्पका बारेमा छलफल भए पनि सहमति हुन नसकेपछि पुनः आज बैठक बस्न लागेकाे हाे। बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ।

हिजाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो। यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याएकाे थियो। एमालेको उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग यथावत छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *