संवैधानिक परिषद्‌को बैठक आज बस्दै

काठमाडौं ! संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ।

गत मंगलबार बसेकाे बैठक निष्कर्षविहीन बनेपछि आज पुन: बैठक बस्न लागेकाे हाे। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार उक्त बैठकमा भावी प्रधानन्यायाधीशको नामसमेत प्रस्ताव भएकाे थिएन।

आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *