राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

काठमाडौं ! प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न भएको छ।
बैठकले १६ औं योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा आफुले गरेको सम्बोधन स्मरण गराउदै सरकारको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा होस या रणनीतिक योजना र आवधिक योजना(पन्चबर्षिय) बनाउदा होस। जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउन आवस्यक हुन्छ। त्यसको लागि वातावरण बनाउन सहभागीहरुलाई मार्गनिर्देशन गर्नुभयो ।
उहाँले योजना निर्माण गर्दा पन्ध्रौं योजनाको समिक्षा त जरुरी विषय भैहाल्यो तर देश योजनाबद्ध विकासको चरणमा प्रवेश गरेको धेरै बर्ष भएकोले यसको समग्र समिक्षा पनि आवस्यक रहेको बताउनु भयो।
यो अवधारणा पत्र पारित भयो। यो अब छलफलको लागि अगाडि बढाउन सम्माननीय ज्युले निर्देशन गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *