संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ ।

मंगलबार अवरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षविहीन बनेको हो ।

नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताउनुभयो ।

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *