सभामुखसहित शिर्ष तीन दलका नेताहरुको बैठक जारी

काठमाडौं : सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।

सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सुरू गरेका हुन्।

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्षनेतासँग छलफल गर्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *