संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो

काठमाडौँ । बुधबार बिहान बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको बैठकले कुनै निर्णय नगरेको बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय भएको छैन। यो बैठकमा सामान्य छलफल भएको र आगामी बैठकबाट ठोस निष्कर्षमा पुग्न सकिने उनले बताए।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *