काठमाडौं ! ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा यही असार ६ गते चितवनको जुगेडीमा बस्ने भएको छ। सभा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको हो।
कम्पनीले उक्त सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ। प्रस्तावित एजेन्डाहरूमा आर्थिक वर्ष २०८०/८१ का वार्षिक प्रतिवेदनहरू पारित गर्ने, सोहि वर्षको लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह प्रतिवेदनलाई अनुमोदन गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तलाई अनुमोदन गर्ने, सञ्चालक समितिको पुनर्गठन गर्ने, सार्वजनिक सेयरधनी समूहबाट दुई जना सञ्चालक निर्वाचित गर्ने र विविध विषयहरू छलफल गर्ने समावेश छन्।
सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ २० गते तोकेको छ। त्यसअनुसार जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र वार्षिक साधारणसभामा भाग लिन पाउने छन्।