गेटा मेडिकल कलेज अध्ययनको लागि संघिय संसदीय टोली कैलालीमा

धनगढी !  गेटा मेडिकल कलेजको अध्ययन अनुगमन तथा अन्तरक्रीया को लागि आएको संसदिय समिति उक्त स्थानमा पुगेको छ । संसदको प्रतिनिधि सभा  शिक्षा तथा स्वास्थ्य समितिले अध्ययनको लागि एमाले सांसद योगेश भट्टराईको नेतृत्वमा १० जनाको टोली पठाएको हो । उक्त समितिका सदस्यहरुलाई कैलाली क्षेत्र न.५ का संघिय सांसद नारदमुनी राना, गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट लगायतले गेटा विमानस्थलमा स्वागत गर्नुभएको छ ।

अहिले टोलीले गेटा मेडिकल कलेजको अध्ययन तथा अनुगमन गरिरहेको छ, त्यसपछि अत्तरियामा बृहत अन्तरक्रीया गर्ने सांसद नारदमुनी राना बताउनु भयो । भौतिक संरचना निर्माण सम्पन्न भएर पनि मेडिकल कलेज अझै संचालन हुन सकेको छैन । स्थानीयबासीले छिटो मेडिकल कलेज संचालन हुनुपर्ने माग गर्दै बिगत देखि दबाब दिँदै आएका छन् । आज मात्रै गेटा मेडिकल कलेज संचालनमा सरकार उदासिन भएको भन्दै भ्रमणमा आएको समितीलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *