गेटा मेडिकल कलेजको अस्पताल निर्देशकमा डा. प्रमोद जोशी नियुक्त

धनगढी ! राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा गरिएको छ ।
उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो ।

सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ।
डा. जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समय सम्म काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *