मिडिया अब सेल्फ रेगुलेट हुनुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताउनुभएको छ । वोष्टर मिडियाको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले कानून बनाएर मिडियालाई संकुचन गर्नुभन्दा पनि मिडिया स्वतः नियमन हुनुपर्ने बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मिडिया आफैँ नियमन हुनुपर्छ, तर अनाधिकृत रुपमा कसैको चरित्रहत्या गर्नेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ । ”
उहाँले पछिल्लो समय मिडियाको क्षेत्रमा देखिएको विकृतिलाई लक्षित गर्दै कसैका विरुद्ध प्रायोजित समाचार नबनाउन पनि आग्रह गर्नुभएको छ । साथै समाचार विचार मिश्रित नभएर तथ्य मिश्रित हुनुपर्नेमा पनि उहाँको जोड छ ।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *