कैलालीमा चुनावी प्रचारप्रसारका लागि मिडिया सेन्टर स्थापना

कैलाली । कैलालीमा चुनावी प्रचारप्रसारका लागी सुदूरपश्चिम प्रदेश स्तरीय मिडिया सेन्टर स्थापना गरिएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारका सकारात्मक समाचार प्रचारप्रसार गर्ने उदेश्यले मिडिया सेन्टर स्थापना गरिएको हो ।
आज शुक्रबार नेकपा (एमाले) को धनगढी स्थित मनमोहन स्मृति भवनमा स्थापना गरिएको मिडिया सेन्टरको नेकपा एमालेका केन्द्रीय सचिब तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा कैलाली इन्चार्ज नारदमुनी राना, केन्द्रीय सदस्य सन्तोष शर्मा, एमाले प्रदेश सचीव धर्मराज पाठक, धनगढी उपमहानगरपालिका मेयरका उम्मेदवार रणबहादुर चन्द, उपमेयरका उम्मेदवार कन्दकुमारी राना लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *