एमसिसीको पक्षमा लोसपा

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा उभिने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरको लोसपाका एक नेताले सभ्य खबरलाई जानकारी दिए।

सत्तारुढ गठबन्धनबीच नै एमसीसीमा विवाद चलिरहँदा लोसपाले पक्षमा उभिने निर्ण गरेको हो। नेपाली कांग्रेसपछि लोसपा पक्षमा उभिने दोस्रो दलसमेत बनेको छ। यसबाहेक कुनै पनि दलले सार्वजनिकरुपमा एमसीसीको पक्षमा उभिने वा नउभिने बताएका छैनन्। शनिबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा साथ दिन दलहरुसँग आह्वान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *