‘ओलीका कारण एमसीसी पास नहुने भो’- माओवादी नेता शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेका कारण अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित नहुने स्थिति आएको टिप्पणी गरेका छन् ।

एमसीसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि नेता शर्माले यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी पास गर्न ओलीजीले संकट उत्पन्न गराउनुभयो । ओलीजीका कारणले नै एमसीसी पास नहुने भो’ नेता शर्माले भने ।

एमालेले अन्तर्राष्ट्रिय स्तरमा वर्तमान सरकार कमजोर छ भन्ने देखाउनका लागि एमसीसीका सम्बन्धमा हुने छलफलमा सहभागी नभएको माओवादी नेता शर्माको आरोप छ । ‘एमसीसीबारे छलफल गरौं भन्दा सर्वदलीय बैठकमा उहाँहरु उपस्थित नभएपछि उहाँहरु नै एमसीसी असफल गराउने प्रयत्नमा हुनुहुन्छ भन्ने देखिन्छ´- शर्माले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *