एमसिसीमा सहमती नजुटे ताजा जनादेशमा जाने प्रधानमन्त्री देउवाको संकेत

काठमाण्डौ ! काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गर्नु भएको छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा सर्वदलिय बैठक बोलाउने बिषयमा छलफल भएको बताइएको छ ।

संसदको गतिरोध अन्त्यका लागि सबै दलसंग छलफल गर्न दाहालले देउवालाई सुझाएको बताइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने बिषयमा पनि दलहरुसंग छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिका लागि अन्तिम प्रयास गर्नु हुने बुझिएको छ। उहाँले माओवादीले सहमति नजनाएपनि एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी गर्नु भएको छ। साथै एमसीसीमा सहमति नजुटे ताजा जनादेशमा जाने प्रधानमन्त्री देउवाको तयारी रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *