एमसिसी उपाध्यक्ष सहितको टिम बालकोटमा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट काठमाडौँ आइपुगेकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको टोलीले सबैभन्दा पहिलो भेट अपरान्ह बालकोट पुगेर ओलीसँग गरेको हो । भेटमा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *