राष्ट्रघाती एमसिसी पास गर्न सघाएको भन्दै माओवादी केन्द्रका महोत्तरी संयोजकले दिए पार्टिबाट राजीनामा

काठमाडौं : एमसीसी राष्ट्रहित विपरित रहेको जान्दा-जान्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट पास गर्न भुमिका खेलेको भन्दै पार्टीका महोत्तरी जिल्ला संयोजक तुलसी ढुंगानासहितले राजीनामा दिएका छन्। प्रेस विज्ञप्ती जारी गर्दै उनीसहितले राजीनामा दिएका हुन्।

उनी मधेश प्रदेशका प्रदेश समिति सदस्य पनि थिए। राजीनामा दिनेमा मधेश प्रदेश समिति सदस्य रामबहादुर राना, प्रदेश सदस्य तथा बर्दिबास नगरपालिका ३ का वडा अध्यक्ष राजन ढुंगाना, वडा नम्बर ३ का वडा कमटि अध्यक्ष नरबहादुर खनाल र  अनेम संघ(क्रान्तिकारी) की केन्द्रीय सदस्य उर्मिला कार्की रहेका छन्।
‘एमसीसी नेपाली जनताको हितविपरित छ। राष्ट्रघातीको हिलोबाट कलंकित भएर पार्टीभित्र बस्न मन लागेनँ। त्यसैले हामीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छौं। तर, हामी अरु पार्टीमा जाँदैनौं।’, पूर्व जिल्ला संयोजक ढुंगानाले जन्नकारी दिए।

एमसिसीका कारण देशभरबाट माओवादी केन्द्र त्याग्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *