विप्लपको ठहर : एमसिसी मुलुकको लागि खतरनाक छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहायता परियोजना एमसीसी मुलुकका लागि निकै खतरनाक रहेको बताएका छन् ।

शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको समेत बताए ।

महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी दिए । उनले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *