एमसीसीको व्याख्यात्मक घोषणा ‘न्यानो थाङ्नो’ मात्रै- झलनाथ खनाल

काठमाडौं ! नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा भनेको ‘न्यानो थाङ्नो’ मात्रै भएको बताएका छन् ।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले व्याख्यात्मक टिप्पणी भनेको नेपालका नेताहरूलाई आनन्दपूर्वक सुतुन् भनेर बनाइएको एउटा न्यानो थाङ्नो मात्रै भएकोे बताएका हुन् ।

२७५ सांसदलाई हेरेको हेर्‍यै पारेर जबरजस्ती पास गरेको उनले आरोप लगाए । ‘यो नेपालको इतिहासमा दुःखद लज्जाजनक कुरा हो,’ उनले भने ‘न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको हेर्‍यै पारेर जबरजस्ती माथिबाट पेलेर पास गरियो । त्यहाँभित्र अनेकौँ राष्ट्रघाती कुरा भए पनि अहिले एउटा सिकाको सुतारीसमेत सुधारिएको छैन ।’
एमसीसी संसदबाट पास गर्दासमेत प्रक्रिया नपुगेको उनको भनाइ छ । ‘सदनमा प्रस्तुत भएको प्रस्ताव सदनभर नै छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘छलफल भएन भने अर्को सदनमा फेरि पेश गर्नुपर्ने हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *