एमसीसीको व्याख्या अमेरिकाले स्वीकारे मलाई चारपाटा मुडेर नाका कटाउनू- नेता इस्तियाक राई

काठमाडौं ! जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद इस्तियाक राईले संसदबाट पारित एमसीसीबारेको व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गर्ने दाबी गरेका छन् ।

उनले माइक्रोब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘मेरो दाबी छ– एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गर्‍यो भने मलाई चारपाटा मुडेर नेपालगन्जको नाका कटाउनुहोला ।’

उनले एमसीसीले नेपालको संसदबाट पारित भएको एमसीसीको व्याख्यात्मक घोषणा अस्वीकार गर्ने दाबी गरेका हुन् ।

व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरे एमसीसी खारेज हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले दाबी गरेका छन् ।

तर, राईले भने प्रचण्डले झुटो बोलेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *