काठमाडौँ । आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भन्नुभएको हो ।
माओवादी केन्द्र भित्र व्यापक असन्तुष्टि बढेर पार्टी छोड्ने क्रमपनि बढेको छ।