काठमाडौं । संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।
उक्त प्रस्तावलाई सत्तापक्षका अधिकाङ्स सांसदहरुले हुन्छ भनि सहमति जनाएका थिए। सत्तापक्षका बहुमत सांसदले हुन्छ भनि सहमति जनाएपछि सभामुख सापकोटाले बहुमतले अनुमोदन(पारित) भएको घोषणा गरेका थिए। एमालेले भने संसदको आजको प्रकृयामा पनि भाग लिएको थिएन।