लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने

काठमाडौं ! लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको सांसद चौधरीले बताइन् । उनले भनिन्, ‘एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने भएकाले पनि एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय भएको हो ।’

लोसपाका १३ सांसद छन् ।सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *